अत्यधीक गर्मीका कारण तराईको जनजीवन प्रभावित

काठमाण्डौ : अत्यधीक गर्मीका कारण तराईको जनजीवन प्रभावीत बनेको छ । तराईका विभिन्न ठाउँमा चलेको तातो हावाका कारण जनजीवन प्रभावित बनेको हो । तराईका बाँके, बर्दिया, रुपन्देही, भैरहवा, धनगढी लगायतका धेरैजसो ठाउँमा तातो हावा जनजीवन नराम्ररी प्रभावीत भइरहेको हो ।

केहि दिन यता गर्मी निकै बढेको छ । आइतबार नेपालगन्जको तापक्रम ४० दशमलव ६ डिग्री सेल्सियससम्म पुगेको थियो । यस्तै धनगढीको ४० डिग्री सेल्सियस, जनकपुरको ३९ दशमलव २ डिग्री सेल्सियस, बिराटनगरको ३६ दशमलव २, भैरहवाको ३८ दशमलव ८ डिग्री सेल्सियस र धरानको ३४ डिग्री सेल्सियससम्म पुगेको थियो ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ०९:०३