एनआरएनए नेदरल्याण्ड्सको महिला उपाध्यक्षमा सीता सापकोटाको उम्मेदवारी

नेदरल्याण्ड्स । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्ड्सको महिला उपाध्यक्ष पदमा सीता सापकोटाले उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी कार्यकालका निम्ति महिला उपाध्यक्ष पदमा उहाँले उम्मेदवारी घोषणा गर्नु भएको हो ।

उहाँले एनआरएनए नेदरल्याण्ड्सको कार्य समितिमा रहेर काम गरिसक्नु भएको छ । कार्य समितिमा रहेर काम गर्दा आफ्नो भूमिका महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा पनि राम्रो कामलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनु भयो ।

बिशेष गरि महिलाहरुको हक हित, महिला सशत्तीकरण र महिलाहरुमा नेतृत्व बिकासको लागि अझै सक्रिय रुपमा काम गर्ने उहाँले बताउनु भयो । गैर आवासीय नेपाली संघ नेदरल्याडसको नवौ अधिबेशन आगामी जुलाई ११ मा तय गरिएको छ ।


प्रकाशित | १८ असार २०७८, शुक्रबार १२:५९