बतास समूह क्षतिपूर्तिको माग गर्दै सर्वोच्च अदालतमा

काठमाडौँ – सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेविरुद्ध बतास समूह अदालत पुगेको छ। मन्त्रीबाट अन्याय भएको भन्दै बतास समूहले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो।

बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा सञ्चालन गर्ने तयारी गरेको क्याफ्टेरियालाई मन्त्री आलेले रद्द गर्नुभएको थियो । त्यति मात्र होइन मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन् ।

केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले करोडौं रुपैयाँ घाटा भएको भन्दै क्षतिपूर्तिको माग समेत गरेको थियो । अहिले बतास समूह सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्च पुगेको हो ।


प्रकाशित | २७ माघ २०७८, बिहीबार १३:४९