लोकसेवा तयारी, सामान्य ज्ञान

दुर्गा न्यौपाने/काठमाडौं 

१. विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा सबैभन्दा बढी पटक पुग्ने नेपाली को हुन् ?
कामिरिता शेर्पा (२३औँ पटक )

२. नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको १६६औँ मुलुक कुन हो ?
इस्वातिनी (२०१९ मे ९ मा, यसको पुरानो नाम स्वाजिल्यान्ड हो)

३. नेपालको शताब्दी पुरुष भनेर कसलाई चिनिन्छ ?
संस्कृतिविद् सत्यमोहन जोशी (तीनपटक मदन पुरस्कार विजेता सत्यमोहन जोशी २०७६÷१÷३० गते १००औँ वर्ष उमेर पुगेको उपलक्ष्यमा ललितपुर महानगरपालिकाले वर्षैभरि विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ)

४. १२औँ संस्करणको आइपिएल क्रिकेट २०१९ को विजेता कुन टोली भएको छ ?
मुम्बई इन्डियन्स (उपविजेता चेन्नई सुपर किङ्स)

५. नेपालमा कानुन दिवस कहिले मनाइन्छ ?
वैशाख २६ गते (वि.सं. २००९ मा नेपालले ऐतिहासिक रूपमा न्यायालय ऐन जारी गरेको दिनको स्मरण गर्दै हरेक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइन्छ) 

६. अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ?
मे १२

७. नेपालमा भेटिएको नयाँ प्रजातिको माउसुलीको नाम के हो ?
लेपर्ड गे (बाघे माउसुली, बाँके जिल्लाको काम्दी जैविक मार्गमा भेटिएको, विश्वमा ३८ प्रकारका माउसुली पाउनेमा नेपालमा यो माउसुलीसहित ११ प्रजातिका माउसुली पाइन्छ)

८. २०१९ मा नेपालमा सञ्चालन हुने १३औँ south asian game को लोगो र मस्कट डिजाइनर को हुन् ?
भोलानाथ पौड्याल (२०७६/०१/३० मा सार्वजनिक, २०७६ मंसिर १५ देखि सञ्चालन हुने)

९. नेपालको पहिलो विशेष आर्थिक क्षेत्र क्भ्श् कहिलेदेखि सञ्चालनमा आएको हो ?
२०७६ वैशाख ३१ देखि भैरहवामा सञ्चालनमा आएको हो ।

१०. नेपालमा भइरहेको नेपाल सूचकांक सर्वेक्षण २०७५/०७६ कतिऔँ सर्वेक्षण हो ?
तेस्रो (विश्वव्यापी रूपमा छैटौँ)

११. मेचे जातिको पहिलो साहित्यिक सम्मेलन कुन जिल्लामा भएको थियो ?
झापा (दुई दिनसम्म भएको २०७६ वैशाख २८ देखि २९ सम्म)

१२. समुदाय–प्रहरी साझेदारी कार्यक्रमको सुरुवात कहिले भएको थियो ?
२०७५ कात्तिक ११ देखि (नारा : हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी)

१३. नेपाली भाषालाई भारतीय संविधानको कतिऔँ अनुसूचीमा राखिएको छ ?
आठौँ (भारतको संविधानको ७७औँ संशोधनद्वारा समावेश भएको)

१४. समुद्रको वैज्ञानिक अध्ययनमा प्रयोग भएको पहिलो पानीजहाजको नाम के हो ?
HMS challenger

१५. नेपालको शान्तिक्षेत्रको प्रस्तावलाई अमेरिकाले कहिले समर्थन गरेको थियो ?
सन् १९८३ मा

१६. चारखाल अड्डाको स्थापना कसले गरेका हुन् ?
भीम शमशेर (वि.सं. १९८६ पुस २७ मा डिल्लीबजार काठमाडौंमा)

१७ ‘खेताला’ कुन प्रसिद्ध साहित्यकारको उपनाम हो ?
फडिन्द्रराज भट्टराई

१८. समुद्रभित्रको उच्च पर्वतमालाको नाम के हो ?
कर्डिलेरा पर्वत (समुद्रको पिँधबाट ८००० फिट औसत उचाइ रहेको)

१९. माईदिया पोखरी कुन जिल्लामा पर्दछ ?
पर्सा

२०. The Diversity Of Life नामक पुस्तकका लेखक को हुन् ?
ई. ओ विल्सन

२१. प्रसिद्ध खाँडो नाच कुन जिल्लामा नाचिने नाच हो ?
जाजरकोट

२२. नेपालको संविधान २०७२ को कतिऔँ धारामा जनमतसम्बन्धी व्यवस्था गरिएको छ ?
धारा २७५

२३. नेपालको राष्ट्रिय जलवायु सम्मेलन २०७५ कुन ठाउँमा भएको थियो ?
सिन्धुपाल्चोकको गुफाडाँडामा (२०७५ पुस १६–१७ मा सञ्चालन १० बुँदे घोषणापत्र जारी, आयोजक जिल्ला समन्वय समिति महासंघ)

२४. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कति जिल्लामा सञ्चालन भएको छ ?
३६ जिल्लामा

२५. चारकुने मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?
प्रताप मल्ल

नयाँ पत्रिका दैनीक


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ०८:४९