हावाहुरी प्रभावीतलाई एनआरएनए नाइजेरियाले जुटायो एक लाख सहयोग

नाइजेरिया : गैर आवासीय नेपाली संघ (एनआरएन ) नाइजेरियाले हावाहुरी प्रभावीतको लागि १ लाख रुपैयाँ सहयोग जुटाएको छ । एनआरएन कोषाध्यक्ष हिक्मत थापाका अनुसार बारा र पर्साका प्राकृतिक विपत्तमा परेकोको सहयोगको लागि १ लाख रुपैयाँ वरारको सहयोग जुटाएको हो । एनआरएन आइसिसीले सबै एनसिसीलाई सहयोगमा जुट्न आह्रवान गरेसँगै विभिन्न देशबाट सहयोग उठ्ने क्रम जारी छ ।


प्रकाशित | १९ चैत्र २०७५, मंगलवार १७:२५