त्रिशुली बस दुर्घटना अपडेट: मृतकको संख्या पाँच पुग्यो, उद्धार कार्य अझै जारी

धादिङ : झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको प्रहरीले जनाएको छ । चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार दुर्घटनामा २९ भन्दा बढी घाइते भएका छन् । धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारको जरेखेत भन्ने स्थान नजिक ना ७ ख ४३८७ नम्बरको बस त्रिशुलीमा खसेको हो । दुर्घटनामा नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य जारी राखेका छन् । दुर्घटनामा घाइतेहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तस्विर शिव श्रेष्ठ


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ०८:५९