एनआरएनए अमेरिकामा सदस्यता दर्ताको समय फेब्रुअरी १५ सम्म (बिज्ञप्तिसहित )

टेक्सस : गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा सदस्यता दर्ताको समय फेब्रुअरी १५ सम्म कायम रहँदा सदस्यता लिनेको सख्या बढ्दै गएको छ । साथै अमेरिकाले अनलाइन सदस्यता आवेदकहरूको भेरिफिकेसनको कामलाई पनि तीब्रता दिइरहेको छ ।

एनसिसी अमेरिकाले एक बिज्ञप्ति जारी गर्दै साथै आजीवन सदस्यता लिनुहुने तथा आगामी २०२१ -२०२३ का लागी साधारण सदस्यता लिनु हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै २०१९- २०२१ मा सदस्यता लिनु हुने सबैमा आफ्नो सदस्यता समयमा नै सदस्यता नवीकरण गर्नु हुन र नयाँ सदस्यता लिन चाहनु हुनेले समयमा नै सदस्यता दर्ता गर्नु हुन अनुरोध गरेको छ । यस्तो छ एनआरएनए अमेरिकाको अपिल :-

सदस्यता शुल्क सम्बन्धि बैधानिक ब्यवस्था ।

गैर आवासीय नेपाली सङ्घ, अमेरिकाको सदस्यता दर्ताको समय फेब्रुअरी १५ सम्म रहेको सम्बन्धमा हामी सबै जानकार नै छौँ । सदस्यता दर्ता दिन प्रति दिन बढ्दै गइरहेको अवस्थामा सदयता दर्ता तथा सदस्यता भेरिफिकेसन सम्बन्धी विभिन्न प्रश्नहरू प्राप्त भएका छन् । NRNA NCC USA को अनलाइन सदस्यता आवेदकहरूको भेरिफिकेसनको काम यथाशीघ्र भइरहेको कुरा पुनः दोहोर्‍याउन चाहन्छौं । आजसम्म NRNA NCC USA को आजीवन सदस्यता लिनुहुने तथा आगामी २०२१-२०२३ का लागी साधारण सदस्यता लिनु हुने सम्पूर्ण मा धन्यवाद ज्ञापन गर्दछौँ । साथै २०१९-२०२१ मा सदस्यता लिनु हुने सबै मा आफ्नो सदस्यता समय मा नै सदस्यता नवीकरण गर्नु हुन र नयाँ सदस्यता लिन चाहनु हुनेले समय मा नै सदस्यता दर्ता गर्नु हुन अनुरोध गर्दछौं । गैर आवासीय नेपाली सङ्घ, अमेरिकाको विकासमा सहयोग पुर्याउनु हुने सबै मा धन्यावाद ज्ञापन गर्दछौँ, साथै भविष्यमा पनि यहाँहरूको सहयोग को अपेक्षा गर्दछौँ ।

सदस्यता दर्ता गर्दा तला उल्लेख गरिएका कुराहरूलाई ध्यान दिनु हुन अनुरोध गरिन्छ ।
१. NRNA NCC USA को सदस्यता सम्बन्धी व्याख्या गरिएको विधान अनुसार एउटै एकाउन्ट बाट बढीमा ४ जना सम्म सदस्यता बनाउन पाइने प्रावधान रहेको छ । वर्तमान प्रविधिले एउटै एकाउन्ट बाट ४ जना भन्दा बढि सदस्यता शुल्क तिर्नका लागी रोक नलगाए पनि सदस्यताको विवरण अडिट गर्दा Membership Verification Committee तथा Membership Supervisory Committee ले यसरी सदस्य बनेका पाइएमा सदस्यको सदस्यता खारेज गर्न सक्ने छ । सदस्यता शुल्क तिरेको रेकर्ड आफैले ट्र्याक गर्नु पर्ने छ ।

२. NRNA NCC USA को सदस्यता को लागी अनलाइन फर्म भर्दै गर्नु हुँदा निवेदन दिँदाको दिन सम्म Expire नभएको आवश्यक डकुमेन्ट पेस गर्नु पर्ने छ ।

३. यदि सदस्यता को लागी अनलाइन फर्म भरिसके पछि सदस्यता Approve नहुँदै फोटो, इमेल वा फोन परिवर्तन गर्नु परेमा, प्रोफाइल पेजमा गई आफैले परिवर्तन गर्न सकिने छ । थप जानकारीका लागी तलको इमेलमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ :

Registration help : membership@nrnusa.org or 844-676-2872, Ext – 2
Membership Verification: verification@nrnusa.org
Membership Supervisory: super@nrnusa.org
Technical Issues: it@nrnusa.org.


प्रकाशित | १५ माघ २०७७, बिहीबार १०:१५