कोरोना संक्रमणको त्रासका कारण दुबइबाटै फर्काइए ३० नेपाली

काठमाडौँ : दुबइबाट बहराइन जाँदै गरेका करिब ३० जना नेपाली कामदारलाई दुबइको अध्यागमनले फिर्ता पठाएको खुलासा भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी दिएका हुन् । नेपालमा आयोजना हुने भनिएको सगरमाथा संवाद स्थगित गरिएको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनका बेला मन्त्री ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

विश्‍व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको रपोर्टमा नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेपछि दुबइको अध्यागमनले नेपाली युवाहरुलाई बहराइन जानबाट रोकेको बताइएको छ ।

यससँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अत्यावस्यक वाहेकका यात्रा नगर्न पनि सबै नागरिकलाई आग्रह गरेका छन् । यससँगै गरमाथा संवाद स्थगित गरिएको जानकारी मन्त्री ज्ञवालीले दिए । यो समाचार अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।


प्रकाशित | २० फाल्गुन २०७६, मंगलवार ०९:२६