काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा ७३ जनाको कोरोना भाइरसको प्रयोगशाला परीक्षण भएकोमा कोहीमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयले नियमित कोरोना ब्रिफिङका क्रममा सबैमा कोरोना नेगेटिभ आएको जानकारी गराएको हो । बुधबार दिउसो सवा ४ बजेसम्म नेपालमा १ हजार १ सय ३३ जनामा कोरोना परीक्षण गरिएको थिथो । मंगलबारसम्म नेपालमा १ हजार ६० जनाको कोरना परीक्षण गरिएको जानकारी गराइएको थियो ।
नेपालमा हालसम्म पाँच जना मात्र कोरोना संक्रमित भेटिएका छन्। पाँच जनामध्ये एक जना उपचारपछि निको भइसकेका छन्। ४ जनाको उपचार भइरहेको छ। उपचारमा रहेकाहरुको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेको जनाइएको छ ।
प्रकाशित | १९ चैत्र २०७६, बुधबार १९:२५