बारा र पर्सामा आएको प्राकृतिक विपत्तप्रति कांग्रेस महामन्त्री कोइरालाद्वारा दुःख व्यक्त

काठमाडौं : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बारा र पर्सामा आएको प्राकृतिक विपत्तिप्रति दुख ब्यक्त गर्नुभएको छ । महामन्त्री कोइरालाले आइतबार साँझ आएकोे भीषण हावाहुरीका कारण धेरैको ज्यान गएको र सयौँ घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै कोइरालाले विपद्मा परी दिवङ्गत भएका सबैप्रति श्रद्धाञ्जलि प्रकट गर्दै चीर शान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । महामन्त्री कोइरालाले घाइतेको तत्काल उद्धार र उपचारको प्रबन्ध गर्न तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रहसमेत गर्नुभएको छ ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार १५:२४