कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ, तीन महिनाभित्र सबैलाई खोप पुर्‍याउने प्रधानमन्त्री ओलीको दावी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताउनु भएको छ । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उहाँले बताउनु भयो ।

कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।
कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई खोप लगाउन सुरु गरिएको छ ।
नेपालले कोरोनाविरुद्ध कोभिशिल्ड खोप प्रयोगमा ल्याएको हो । कोभिशिल्ड खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।
खोप उपलब्ध गराएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिनु भयो । उहाँले भारतबाट किनेर पनि खोप ल्याइने बताउनु भयो ।


प्रकाशित | १४ माघ २०७७, बुधबार ११:३२