महाप्रसाद अधिकारी बने राष्ट्र बैंकका १७ औं गभर्नर

काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदको सोमरबारको बैठकले अधिकारीलाई ५ वर्षका लागि गभर्नर नियुक्त गरेको हो।

राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर अधिकारी हाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनुुहुन्थ्यो । । मन्त्रिपरिद्‍मा अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको समितिले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वअर्थसचिव डा. राजन खनालको नाम पनि लगेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकारीलाई चुन्नु भएको हो ।

अधिकारी १६ औं गभर्नर सिफारिस गर्दा पनि ३ जनाको सूचीमा परेको थियो । जागरिबाट अवकाश पाएको ४ वर्षपछि आगामी ५ वर्ष नेतृत्वदायी भूमिका लिएर अधिकारी राष्ट्र बैंक फर्किन सफल हुनुभएको छ ।


प्रकाशित | २४ चैत्र २०७६, सोमबार १७:३३