ग्लोबल गोरखा समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा बिनय अधिकारी

काठमाडौं । ग्लोबल गोरखा समाजको अध्यक्षमा बिनय अधिकारी निरविरोध निर्वाचीत हुनुभएको छ । अधिकारीको नेतृत्वमा एक कार्यसमिति निर्माण गर्दै संघको दोस्रो महाअधिवेशन सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट सम्पन्न समजको महाधिवेशनले दुई बर्षे कार्यकालको लागि अन्तराष्ट्रिय समितिको विधिवत चयन गरेको हो ।

समिति चयनको लागि लोकनाथ अधिकारीको संयोजकत्वमा बनाइएको निर्वाचन मण्डलमा बिकल चन्द्र आचार्य र छबिलाल बगाले सदस्य रहनु भएको थियो। कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वराष्ट्रिय सभाका सदस्य सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्नुभयो ।

सो कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष तथा ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट , एनआरएनएका अध्यक्ष तथा ग्लोबल गोर्खा समाजका संरक्षक कुमार पन्त ,एनआरएनएका संरक्षक राम प्रताप थापा, भागवत वाचक पण्डित दिनबन्धु पोखरेल,विधान समितीका संयोजक हरिहर अर्याल लगायतको सहभागिता रहेको थियो । ग्लोबल गोरखा समाजका महासचिव बिनोद पोखरेलले संचालन गर्नुभएको कार्यक्रम अध्यक्ष जयप्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

This image has an empty alt attribute; its file name is 121801369_791064721441457_7610648840335440807_n.png

बिनय अधिकारी (बेलायत)को अध्यक्षतामा निर्माण भएको कार्यकारी समितिका ६ उपाध्यक्षहरुमा क्रमश : गोकर्ण प्रसाद ढकाल (हङकङ),यदु लामिछाने (कोरिया),श्रीकृष्ण भट्टराई(कतार),जानुका रेग्मी (स्पेन),नारायण भट्ट(अमेरिका),बिनोद पोखरेल(जापान) महासचिवमा त्रिलोचन पोखरेल (अष्ट्रेलिया),सचिवमा प्रकाश बन्जारा (युएई),कोषाध्यक्ष आकास बन्जारा रहेका छन्। त्यस्तै आइसीसीहरुमा क्रमश दिल बहादुर गुरुगं (हंगकंग) २,शंकर लामिछाने (युएई) ,कृष्ण प्रसाद बगाले(साउदी अरब) ,बासु अर्याल (जर्मनी) ,रामजी खत्री (कतार) ,विष्णु प्रसाद पन्त (बेलायत) ,डा . सृष्टि पोखरेल (क्यानडा) ,प्रितम गुरुङ (स्वीटजरल्याण्ड ) ,कुल बहादुर वस्ती (पोल्याण्ड ) ,विनीता अर्याल न्यौपाने(फिनल्याण्ड) ,मनोहर रेग्मी (डेनमार्क) ,तुलसी अम्माई (नेदरल्याण्ड ) ,प्रकाश भट्टराई (स्पेन) ,निर्मला अधिकारी बर्जगाई(बेल्जियम ) ,ज्ञानेन्द्र न्यौपाने (कतार ) ,कमला काप्री (जापान ) ,सञ्जिव पन्त (अमेरिका ) ,विक्रम घिमिरे (अमेरिका ) ,खगेश्वर अधिकारी(इजरायल) ,राम घले(बेल्जियम) ,हरि थापा(पोर्चुगल) ,सुरेन्द्र काप्री (फ्रान्स) रहनु भएको छ ।

त्यस्तै, अधिवेशनले तीन महिनाभित्र विधानको टुंगो लगाइसक्ने गरि जिम्मेवारी दिएको छ । बिधान तथा नीति परिमार्जन समितिमा संयोजक हरिहर अर्यालसहित राम प्रताप थापा, डिल्ली ढकाल,बुदबल गुरुङ,र कृष्ण लामिछाने रहनुहुन्छ ।


प्रकाशित | २ कार्तिक २०७७, आईतवार १६:१५