प्रदेश ५ को बजेट अधिवेशन सुरु

रुपन्देही : प्रदेश नं. ५ को बजेट अधिवेशन सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको ११ दिनपछि बजेट अधिवेशन शुरु भएको हो । आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।  प्रदेश पाँचको अर्को बैठक ९ गते बस्नेछ ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार १८:४१