भक्तपुरको विजयश्वरी हत्याकाण्डमा संलग्न अभियुक्त १९ वर्षपछि पक्राउ

भक्तपुर : भक्तपुरको कटुञ्जेमा एक महिलाको हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि पक्राउ परेका छन् । २०५७ असार ८ गते ३३ वर्षीया विजयश्वरी प्रजापतीको हत्या गर्ने ४० वर्षीय देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

ब्यूरोका निर्देशक डिआइजी निरज शाहीका अनुसार अभियुक्त अधिकारी प्रजापतीकै घरमा काम गर्दथे । तलबको विषयमा विवाद हुँदा उनले चक्कु हानेर प्रजापतिको घरभित्रै हत्या गरेका थिए । उनले हत्यापछि आठ तोला सुन र ६ हजार नगद चोरेर भागेका थिए । त्यसयता अधिकारीलाई भारतमै बस्दै आएकाले प्रहरीले पक्राउ गर्न सकेको थिएन । पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरलाई जिम्मा लगाइएको छ । महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी उपरीक्षक नवराज न्यौपानेका अनुसार यता भक्तपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको  छ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार १९:२७