संविधान सभाका पूर्व सदस्य डा. दुमन थापाको निधन

काठमाडौं । संविधान सभाका पूर्व(सदस्य एवं नेकपा( एकीकृत समाजवादी) का नेता डाक्टर दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ ।

मिर्गौला रोगबाट ग्रसित उहाँको मण्डिखाटार स्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ पार्टीको निर्वाचन आयोगको सदस्यका रुपमा क्रियाशील हुनुहुन्थ्यो ।

संयुक्त राज्य अमेरिकाबाट कृषि विषयमा विद्यावारिधी गर्नुभएका थापा दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।


प्रकाशित | १७ माघ २०७८, सोमबार १२:५५