कांग्रेसको खुलातर्फको महिला केन्द्रीय सदस्यमा डिला संग्रौलालाई सर्वाधिक मत, कसले कति पाए ? (सूचीसहित)

काठमाडौँ – कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यको मतगणना सार्वजनिक भएको छ । निर्वाचन समितिका अनुसार महिलातर्फ खुला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सर्वाधिक मतसहित विजयी हुनु भएको छ । उहाँले दुई हजार ८८५ मत पाउनु भयो।

दोस्रोमा पुष्पा भुसालले दुई हजार ७१८, तेस्रोमा आरजु राणाले दुई हजार ५३६ मत पाउनु भयो । त्यस्तै, अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाहीले एक हजार ७८९ मतसहित विजयी हुनु भयो ।

निर्वाचितमध्ये प्रसाईंबाहेक सबै शेरबहादुर देउवा समूहका हुनुहुन्छ । प्रसाई डा. शेखर कोइराला प्यानलबाट विजयी हुनु भएको हो । ९ पदका लागि ३० जनाले उम्मेदवारी दिनु भएको थियो ।


प्रकाशित | ५ पुष २०७८, सोमबार २१:५३