

तयारीमा ब्यस्त मेयर बासुदेव थापा
भक्तपुर : सूर्यविनायक नगरपालिकाको १३ औं नगरसभा आगामी बुधबार हुने भएको छ । चालु आर्थिक वर्षको १३ औं नगरसभा यही माघ १८ गते हुन लागेको हो ।
नगरपालिकाको १३ औं नगरसभा नजिकिएसँगै तयारी समेत तीब्र पारिएको छ । नगरसभाको तयारीमा ब्यस्त नगरपालिकाका मेयर बासुदेव थापाले १३ औं नगरसभाको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो ।
नगरसभामा चालु आर्थिक वर्षको समिक्षा, ऐन-कानुन निर्माण तथा संशोधनलगायत विभिन्न प्रस्तावहरु पेश भई छलफल गरिने मेयर थापाले बताउनुभयो ।
पहिलो कार्यकालमा नमूना र उदाहरणीय कार्य गर्न सफल मेयर थापा दोस्रो कार्यकालको पहिलो आर्थिक वर्षमा विगतका अधुरा योजना सम्पन्न गर्न लागिपर्नु भएको छ ।


प्रकाशित | १४ माघ २०७९, शनिबार १९:४१