कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (आइतबार ) बस्दैछ। दलको कार्यालय सिंहदरवारमा अपराह्न ३ बजे बैठक बस्न लागेको हो । कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार संघीय संसदको बर्खे अधिवेशन सोमबार सुरु हुन लागेकाले संसद बैठकमा उठाउने एजेण्डा तय गर्ने बैठक बोलाइएको हो । त्यस्तै, बैठकले पार्टीले संसदमा खेलेका भूमिकाका बारेमा पनि समीक्षा गर्ने जनाएको छ ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार ०९:०३