विश्व र्‍याफ्टिङको स्प्रिन्टमा नेपाल पाँचौं

काठमाडौं : विश्व र्‍याफ्टिङको स्प्रिन्टमा नेपालले अहिले सम्मकै उत्कृष्ट नतिजा हासिल गरेको छ । अष्ट्रेलियामा जारी १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्ट स्पर्धामा नेपालको पुरुष टिमले पाँचौ स्थान हासिल गरेसँगै अहिले सम्मकै उत्कृष्ट नतिजा हासिल गरेको हो ।

क्वीन्सल्यान्डस्थित टाली नदीमा बिहिबार निर्धारित दुरी २४७.७८ सेकेन्डमा पुरा गर्दै नेपालले पाँचौ स्थान हासिल गरे । नेपालले सुरज गुरुङको कप्तानीमा प्रतिस्पर्धा गरेको थियो । टोलीमा सुरजसहित शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँ रहेका थिए । स्प्रिन्ट स्पर्धामा ब्राजिलले स्वर्ण जित्दा जापानले रजत र रुसले कांस्य जितेको छ ।


प्रकाशित | २ जेष्ठ २०७६, बिहीबार ०९:३६