सगरमाथामा नयाँ विश्व कीर्तिमान

काठमाण्डौ : सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान तोेडेर २३ औं पटक सगरमाथा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान बनाउनुभएको छ । कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७:५० बजे सगरमाथाको शिखरमा पुग्नुभएको हो । उहाँ बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा २३ औँ पटक पुग्न सफल हुनुभएको हो । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताउनुभएको छ ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार ११:०३