नेपालमा कोरोना संक्रमीत थप २ जना डिस्चार्ज, उपचारपछि निको हुने ३३ पुगे

काठमाडौं:  नेपालमा हालसम्म १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ३३ जना उपचारपछि डिस्जार्च भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार दुई जना आइतबार साँझ डिस्चार्ज भएका हुन्। बाँकी संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । सोमबार मात्रै ११ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा १ र बाहिर १ सय ५२ गरी १ सय ५३ जना अस्पतालको आइसोलेसनमा छन्। १२ हजार ७ सय १ जना क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९९ जनाको नमूना परीक्षण गरिएको छ । नेपालमा हालसम्म पिसिआर र आरडिटी गरी ७६ हजार ३ सय ५५ जनाको कोरोनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार १७ हजार ८ सय जनाको पिसिआर र ५८ हजार ५ सय ४६ जनाको आरडिटीबाट परीक्षण गरिएको हो ।


प्रकाशित | २९ बैशाख २०७७, सोमबार १७:१३