गरिमा विकास बैंकको एकै दिन चार शाखा कार्यालय

काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले एकै दिन ४ वटा शाखा कार्यालय खडा गरेको छ । बैंकले सुर्खेत जिल्लाको वीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीसहर र नुवाकोट जिल्लाको बट्टार शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरिसकेको छ ।

वीरेन्द्रनगर शाखा कार्यालयको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, चप्परगौडी शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका नायव निर्देशक नारायण पोखरेल, बेसीशहर शाखा कार्यालयको उद्घाटन बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बट्टार शाखा कार्यालयको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी गराउनुभयो ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार १०:१२