एनआरएनए नेतृत्वको लागि अगाडि बढ्न विश्वभरीबाट साथ र सहयोगको बचनबद्धतासँगै दबाब छ: कुल आचार्य

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष कुल आचार्यले आगामी नवौ महाधिवेशनमा नेतृत्वको लागि अगाडि बढ्न विश्वभरीबाट दबाब रहेकाले सोहीअनुसारको तयारीमा जुटेको बताउनुभएको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको एनआरएनएको महाधिवेशनमा नेतृत्वको लागि विश्वभरीबाट साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सोहीअनुसारको दबाब रहेको बताउनुभयो । हाल उपाध्यक्ष रहनु भएको आचार्य आगामी नेतृत्वको लागि अगाडि बढिरहेको समेत बताउनुभयो ।

गैैर आवासीय नेपाली नागरिकता जस्ता एनआरएनएको मुख्य मुद्धा नै ओझेलमा पर्न थालेकोप्रति विश्वभरीबाट चिन्ता ब्यक्त गर्दै एनआरएनएको साख, गरिमा र मुद्धालाई जोगाउनको लागि आफनो नेतृत्व आवश्यक रहेको सबैले महसुस गरिरहेको समेत बताउनुभयो । एनआरएनएन नागकिरता सम्बन्धी प्रावधानलाई झन्झट मुक्त बनाउनुपर्नेमा आवश्यक रहेकोमा जोड दिर्दै आचार्यले आगामी नेतृत्वमा आफनो बलियो दावेदारी रहेको भन्दै भ्रममा नपर्न समेत सबैमा आग्रह गर्नुभएको छ ।

एनआरएनमा सबैले चाहेको साझा नेतृत्वको खाँचो रहेको बताउँदै आचार्यले विश्व सन्देशसँगको कुराकानीमा भन्नुभयो, ‘आफनो नेतृत्वको लागि विश्वभरीबाट साथ र सहयोगसँगै दबाबको कारण पनि उठ्नपर्ने बाध्यता सृजना भएको छ । त्यसैले सबैको मागअनसार नेतृत्वको तयारीमा जुटेको छु ।’


प्रकाशित | २ असार २०७६, सोमबार २२:२९