गौरीशंकरको सूरीमा एमालेको घरदैलो अभियान, स्थानीयले गरे भब्य स्वागत

दोलखा – नेकपा एमालेले जिल्लाका विभिन्न ठाउँका घरदैलो अभियान जारी राखेको छ । यसै क्रममा एमालेले सोमबार गौरीशंकर गाउँपालिकाका विभिन्न ठाउँमा घरदैलो कार्यक्रम गरेको हो ।

नेकपा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेश सभा क का उम्मेवदार नर बहादुर श्रेष्ठसहित नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुगं, जिल्ला ईन्चार्ज सरस्वती बस्नेत र एमाले गौरीशंकर गाउँपालिकाका अध्यक्ष जंग गुरुगंलगायतका नेता तथा कार्यकर्ताको बाक्लो सहभागितामा घरदैलो अभियान गरिएको हो ।

May be an image of 7 people, people standing and outdoors

कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य पार्बत गुरुङले सुरीको उर्वरभुमीलाई अझ थप उर्वर बनाउन लाग्नु पर्ने बताउनुभएको छ ।

त्यस्तै प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण शिवाकोटीले गठबन्धन सरकारको आशामा बिकास हुन्छ भनेर सोच्नु गलत हुने बताउनुभयो ।

No description available.
प्रदेश सभा ञकझ का उम्मेदवार नरबहादुर श्रेष्ठले हामीलाई जिताउनु भयो भने देखिने कामको गरिदिने प्रतुबद्वता व्यक्त गर्नुभयो ।

घरदैलो अभियानको क्रममा एमालेका उम्मेदवारहरुलाई स्थानीयले भब्य स्वागत गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकप एमालेका उम्मेदवारलाई विजयी गराउने वचनबद्धता दिएका थिए । घरदैलो अभियानमा विभिन्न पार्टीका नेता कार्यकताले समेत समर्थन जनाएका थिए ।

No description available.


प्रकाशित | १४ कार्तिक २०७९, सोमबार १२:३४