एकताको सन्देश दिन समाजवादी पार्टीले देशभरका मुख्य शहरमा आमसभा गर्ने

काठमाडों: नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर नयाँ पार्टी बनेसँगै समाजवादी पार्टीले देशब्यापी अभियान चलाउने भएको छ । विशेष गरि पार्टी एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको हो ।

उसले देशका विराटनगर, पोखरा, जनकपुर वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा सो आमसभा आयोजना गर्नेछ । ती शहरमा हुने आमसभामा पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सम्बोधन गर्नुहुनेछ । आमसभा आगामी जेठ ११ गते विराटनगरबाट सुरु भई २५ गते पोखरामा पुगी सभा विर्सजन गरिनेछ ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०६:२१