नेपाल वायुसेवा निगमद्वारा जापान उडानको टिकट बुकिङ खुला

काठमाडौं: नेपाल वायुसेवा निगमले असार १९ गतेदेखि जापानको ओसाकामा उडान गर्ने निश्चित गरेसँगै टिकट बुकिङ खुला गरेको छ । जापानको ओसाका उडानका लागि आइतबारदेखि टिकट बुकिङ खुला गरिएको हो । निगमले असार १९ देखि सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान गर्नेछ । काठमाडौं–ओसाका रुटमा निगमले इकोनोमी क्लास सिटका लागि एकतर्फी ४५ हजार र दुईतर्फी ८० देखि ८४ हजार रुपैयाँ भाडादर तोकेको छ।

निगमले काठमाडौँ–ओसाकाका लागि वाइड बढी ए–३३० जहाजमार्फत उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाकोे छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । वाइड बडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गत असार र साउन महीनामा निगमले खरीद गरेका दुई वाइड बडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा पालैपालो उडान भर्दै आएका थिए । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो


प्रकाशित | ३० बैशाख २०७६, सोमबार १९:३६