प्रचण्ड–माधवले आन्दोलन छाडेर चुनावी तयारीमा लागे केही सिट सुरक्षित होलाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री के.पी शर्मा ओलीले चुनाव नहोला की भन्ने भ्रममा नपर्न आग्रह गर्नु भएको छ । काठमाडौँको बबरमहलस्थित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–माधवलाई चुनाव नहोला कि भ्रममा नपर्न आग्रह गर्नु भएको हो ।

बरू सडक आन्दोलन छाडेर चुनावी तयारीमा लागे प्रचण्ड–माधवको केही सिट सुरक्षित हुने उहाँले बताउनु भयो । प्रचण्डसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको उहाँले बताउनु भयो । दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले अब कति सम्झौता गर्ने भन्दै उहाँले प्रश्न गर्नु भयो ।


प्रकाशित | १५ पुष २०७७, बुधबार २०:२२