थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं– नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मनत्र्त्रालयका अनुसार रौतहटमा ८ र बारामा १ गरी थप ९ जनामा कोरोना संक्रमण देखिएको हो।

बारामा २१ देखि ३० वर्षसम्ममा ७ जना पुरुष र २८ वर्षकी एक महिला र बारामा ३८ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ। संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन्। संक्रमितमध्ये नेपालमा २ जनाको मृत्यु भइसकेको छ।


प्रकाशित | ५ जेष्ठ २०७७, सोमबार ०९:१९