हावाहुरीमा ज्यान गुमाउनेप्रति एनआरएन अध्यक्ष भट्टद्धारा शोक व्यक्त

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष भवन भट्टले हावाहुरीमा ज्यान गुमाउनेप्रति शोक ब्यक्त गर्दै उद्धारमा सबै मिली जुट्न आग्रह गर्नुभएको छ । अध्यक्ष भट्टले भन्नुभएको छ, ‘हिजो राती आएको भीषण हावा हुरीका कारण बारा र पर्सा जिल्लामा दर्जनौ मानिसहरुको ज्यान गएको छ । सयौको सँख्यामा घाइते भएका छन,यो पिडादायी स्थितीमा सबै मिलि उद्दारमा जुटौं।’ साथै अध्यक्ष भट्टले ज्यान गुमाउनुहुने प्रति श्रद्धान्जली र परिवारजनमा समबेदना तथा सम्पु्र्ण घाईतेहरूको शिध्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।


तराईको बारा र पर्सामा हिजो साझा आएको हावाहुरीले वितण्डा मच्चाएको थियो । आइतबार साँझ आएको हावाहुरीले ठूलो मानवीय क्षति गराएको छ भने हावाहुरीका कारण बारामा २७ र पर्सामा १ जनाको ज्यान गएको छ ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार ०७:२८