खोप चोरीमा संलग्नलाई छानबीनको माग गर्दै युवा संघले अख्तियारमा उजुरी दर्ता गर्ने

काठमाडौं – राष्ट्रिय युवा संघ नेपालले खोप चोरी प्रकरणमा संलग्न व्यक्तिमाथि छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने भएको छ । संघले मंगलबार, दिउँसो २ बजे उजुरी दर्ता गर्न लागेको हो ।

संघका नवौं महाधिवेशन आयोजक कमिटीका संयोजक किरण पौडेलले समाचार संकलनका लागि सम्पादकलाई पठाएको पत्रमा ‘वर्तमान कोभिड-१९ विरुद्धका २४ लाख डोज भ्याक्सिन गायब पारेर राज्यकोषको करिब २ अर्ब ४० करोड रकम हिनामिना गरेको तथ्य सार्वजनिक भइरहेको हुँदा छानविनका लागि संघले अख्तियारमा मुद्धा दर्ता गर्न लागेको’ उल्लेख छ ।

त्यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग अन्तरगतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहहरूलाई माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको हो। हिजोमात्रै मन्त्रालयले सो सम्बन्धी छानविन गर्न ५ सदस्यीय समिति गठन गरेको थियो। समितिले दुई सातामा प्रतिवेदन पेस गर्ने जनाइएको छ।

No description available.


प्रकाशित | १७ माघ २०७८, सोमबार १८:५६