बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितको मुआब्जा तोकियो

काठमाडौं: १२ सय मेगावाटको जलाशययुक्त राष्ट्रिय गौरवको आयोजना डुबानमा पर्ने आरुघाट र खहरे बजारक्षेत्रको मुआब्जा तोकिएको छ । आयोजनाको डुबानमा पर्ने आरुघाट(विशालनग) बजार क्षेत्रलाई नौ किसिम र खहरे बजार क्षेत्रलाई सात किसिममा वर्गिाकरण गरी मुआब्जा तोकिएको छ ।

विशालनगर मुख्य बजार क्षेत्रको प्रतिआना सात लाख र खहरे मुख्य मबजार क्षेत्रको प्रतिआना एक लाख २० हजार रुपैयाँ तोकिएको प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष असमान तामाङले बताए ।

आरुघाट(विशालनगर) बजार क्षेत्रमा पर्ने मधयपहाडी लोकमार्गको रङने चोतारबाट साविक सल्यानटार गाविसको ८ ग र ९ ग को सीमानासम्म र पुरानो झोलुङ्गे पुलदेखि विशालनगर चोकसम्म सडकका दायँबायाँ घडेरी प्रतिआना सात लाख, मदनराज टोलदेखि पानी जाँत्ने घर जाने सडक, विशालनगर चोकदेखि रामबहादुर ढकालको घरसम्म भएका सडकका दायँबायाँका घडेरी प्रतिआना ६ लाख, मुख्य सडकमा पर्ने रिङने चौतारादेखि स्वामी चौतारा जाने बाटोको अन्तिम घरसम्म साविक सल्यानटार गाविस ८ ग र ९ ग को सीमानादेखि बुढीगण्डकी पक्की पुलसम्म मुख्य बाटोका दायाँबायाँ घडेरकीको जग्गा प्रतिआना ५ लाख रुपैयाँ तोकिएको छ । यो समाचार आजको कारोबार दैनीकमा छ ।

यस्तै जग्गा र दूरी हेरेर आयोजनाले दुई लाख ५० हजार, दुई लाख २५ हजार, एक लाख ५० हजार, कुनै पनि वर्गिकरणमा नपरेको बाटोको ६० फिटपछिका जगगाहरूको हकमा प्रतिआना ५० हजार मुआब्जा तोकिएको छ ।


प्रकाशित | १७ मंसिर २०७६, मंगलवार ०८:४२