जीप दुर्घटनामा परि वडा अध्यक्षसहित ८ जना घाइते

रुकुम पश्चिम: रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा वडाध्यक्षसहित ८ जना घाइते भएका छन । आठविसकोट नगरपालिका वडा नम्बर ८ दाजेबाट वडा नम्बर ९ राडी बजारतर्फ आउँदै गरेको ग १ ज ६०४० नम्बरको जीप दुर्घटनामा परेको हो । जीप वडा नम्बर ७ को साउने खोला नजिकै आइतबार बेलुका दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यस्तै आठविसकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नबराज बुढा, त्यही ठाउँका १७ वर्षका विशाल बोहोरा र २५ वर्षीय जीपका चालक हरिबहादुर बुढा घाइते हुनु भएको छ । प्रहरीका अनुसार घाइते मध्ये खिमराज बुढा, भिमबहादुर आरसी र गाडी चालक हरिबहादुर बुढाको अबस्था गम्भीर रहेको छ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार ०७:५४