लायन्स क्लव अफ काठमाडौं मोडेलद्धारा मध्यपुर थिमीमा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर : लायन्स क्लव आफ काठमाडौं मोडेलको आयोजनामा मध्यपुर थिमी ४ को थिमी चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेड्क्रस सोसाइटी भक्तपुर शाखाको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

लायन्स क्लव अफ काठमाडौं मोेडेलका अध्यक्ष लक्ष्मी राज अधिकारीका अनुसार कार्यक्रममा १ सय २० जनाले रक्तदान गरेका थिए । नेपालमा रगतको अभाव हुन नदिन र रगतको मागलाई ध्यानममा राखेर रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लव अफ काठमाडौं मोडेलका सेकेण्ड भाइस प्रेसिडेन्ट अनील शिवाकोटीले जानकारी दिनुभयो । कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटीका जिल्ला प्रतिनिधि सुशिल बस्नेतले क्लवलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।


प्रकाशित | २१ मंसिर २०७६, शनिबार १६:४२