संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई नवगठित जनता समाजवादी पार्टीकाे ह्विप

काठमाडौं : नवगठित जनता समाजवादी पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने गरी हुन लागेको संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेको छ।

शनिबार केन्द्रीय कार्यसमिति अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको बैठकले संविधान संशोधनको पक्षमा मत दिने निर्णय गरेको हो ।

पार्टीका नेता केशव झा अनुसार सांसदहरूलाई संशोधनको पक्षमा मतदान गर्नसमेत बैठकले अपिल गरेको हो ।


प्रकाशित | ३१ जेष्ठ २०७७, शनिबार १३:१७