कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो, पानीको वहाव ३ लाख ७१ हजार ११० सय क्यूसेक

विराटनगर : लगातारको वर्षाको कारण सप्तकोशीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलीएको छ । सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरिएको हो । यहाँ पानीको वहाव ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगेको छ ।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गर्दै सबै निकायलाई तयारी अवस्थामा राखेको छ ।


प्रकाशित | २९ असार २०७६, आईतवार ०७:४९