काठमाडौं । नेपाल तथा भारत लगायतका देशमा पहिलो स्थान ओगटेको प्रिस्कुल यूरोकिड्स कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ गोठाटारमा खुलेपछि अभिभावकहरु हर्षित बनेका छन् । यूरोकिड्मा भर्ना गरेको छोटो समयमा बालबालिकाहरु निकै सृजनशिल बनेको भन्दै अभिभावकहरु हर्षित बनेका हुन् । अभिभावक तथा चर्चित गीतकार एकतारे सविन सिंहले “हाम्रो बच्चामा निकै नै सकरात्मक परिवर्तन आएको छ । बच्चा निकै नै सृजनशिल बनेको छ । हामी सन्तुष्ट छौ”, भन्नु भयो ।
विश्वभर करिब १४ सय शाखा रहेको यूरो किड्सको गोठाटार शाखा सबैभन्दा कान्छो हो । युरो किड्स गोठाटारमा प्ले ग्रुपदेखि १ कक्षासम्म पढाई भईरहेको छ । काठमाडौंमा १, ललितपुरमा १ र भक्तपुरमा २ वटा गरी ४ वटा युरो किड्सका शाखा संचालनको अनुभव बटुलेका नवराज काफ्लेको अध्यक्षतामा युरो किड्स गोठाटार संचालनमा आई गुणस्तरीय शिक्षा प्रदान गर्दा अभिभावकहरु निकै उत्साहित बनेका हुन् ।
प्ले ग्रुपमा आफ्नो बच्चा पठाईरहेका अभिभावक सहारा ढकाल काफ्लेले बच्चा विद्यालय जान उत्सुक हुने गरेको बताउनु भयो । “यहाँको वातावरणले बच्चलाई विद्यालय तर्फ तानेको छ । स्कुल जाने भनेपछि बच्चा आफै खुशी हुन्छ । यो विद्यालयले दिएको सकरात्मक परिवर्तन हो ।”
यस्तै प्लेग्रुप अभिभावक आएना गजुरेलले पनि बच्चामा छोटो समयमा सकरात्मक परिवर्तन आएको बताउनु भयो । नर्सरीका अभिभावक अनिल कुमार घिमिरेले यूरो किड्समा भएको सेवा सुविधा तथा शिक्षक शिक्षिकाको पढाईका कारण बच्चामा उल्लेख्य सकरात्मक परिवर्तन आएको बताउनु भयो ।
युरो किड्स गोठाटारको प्रबन्ध निर्देशकको रुपमा अढाई दशकदेखि रेडियो नेपाल र नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम निर्माण गर्दै आएका संचारकर्मी हेमन्त गौतम, प्रधानाध्यापकमा सम्झना गिरी र निर्देशकमा ममता पोखरेल रहेका छन् । उनीहरुको शिक्षा क्षेत्रमा लामो अनुभव रहेको छ । युरो किड्स गोठाटारलाई शिक्षाकै हव बनाउन जुटिरहेको अध्यक्ष काफ्ले बताउनु भयो ।
व्यवहारिक र गुणस्तरिय शिक्षाको लागि नै यूरोड्सि सन्चालनमा आएको प्रधानाध्यापक सम्झना गिरीको भनाई छ । देश विदेशका शैक्षिक संस्थाहरुसंग सहकार्य गर्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा र सांस्कृतिक वातावरण आदानप्रदानमा जोड दिने प्रबन्ध निर्देशक हेमन्त गौतमले बताउनु भयो ।
बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र शारिरीक विकासको लागि प्रशस्त खेलमैदान सहीतको शैक्षिक गन्तव्यको रुपमा युरो किड्स गोठाटार विकास भइरहेकाले अभिभावकहरु सन्तुष्ट बनेका हुन् । अर्को तर्फ आफ्नै बारीमा फलाएर स्वास्थ्यवद्र्धक अर्गानिक तरकारी बच्चाहरुलाई खुवाईन्छ ।
आगामी वर्षहरुमा कक्षा थप गर्दै लैजाने अध्यक्ष काफ्लेले जानकारी दिनु भयो । उहाँले भन्नुभयो,“यूरो किड्समा आउनुको सबैभन्दा महत्त्वपूर्ण फाइदाहरू मध्ये एक सामाजिक अन्तरक्रिया र आत्मनिर्भर हुन सिक्नु हो । यहाँ आइसकेपछि बालबालिकाहरू शारीरिक र भावनात्मक रूपमा सुरक्षित हुन्छन् । अन्य बच्चाहरूसँग अन्तरक्रिया गर्न पाउँछन्, सामाजिक सीप सिक्छन्, जसका कारणले बच्चाको विकासशील व्यक्तित्वको लागि महत्वपूर्ण भुमिका खेल्ने गर्दछन् ।”
बालबालिकाहरुलाई सानैबाट राम्रो शिक्षादीक्षा र राम्रो संस्कार दिलाउन सकेका मात्र उनीहरुको भविष्य उज्वल हुने विज्ञहरु बताउँछन् । सोही परिपुर्तिका लागि विद्यालय सन्चालन गरिएको यूरो किड्स गोठाटारले जनाएको छ ।
प्रकाशित | १ भाद्र २०८१, शनिबार १८:०४