७ किलो सुनसहित १ जना पक्राउ

काठमाडौं : रसुवाको टिमुरे नाकाबाट ७ किलो सुनसहित १ जना पक्राउ परेका छन् । चीनको केरुङबाट काठमाडौंतर्फ सामान बोकेर आउँदै गरेको ना४ख ९०६८ नम्बरको ट्रकबाट प्रहरीले सुन बरामद गरेको हो । टिमुरे भन्सार कार्यालयबाट जाँचपास गरी काठमाडौं आउँदै गरेको ट्रकलाई खानतालासी गर्दा सुन फेला परेको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १८:२७