निर्वाचनलाई प्रभावित पार्ने गरि अदालतमा उजुरी गरिएको भन्दै एनआरएनए अमेरिकाले जनायो आपत्ति

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचनलाई प्रभावित पार्ने गरि टेनिसी राज्यको अदालतमा उजुरी गरिएको भन्दै एनसिसी अमेरिकाले आपत्ति जनाएको छ । एनआरएनए अमेरिकाले मुखमा आइसकेको निर्वाचनलाई प्रभावित पार्दै निर्वाचन रोक्नका लागि माग दावी सहित टेनिसी राज्य स्थित डेभियसन काउन्सी स्थित अदालतमा उजुरी गरिएको भन्दै आपत्ति जनाएको हो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको २०२१ देखि २०२३ सम्मको कार्यकालका लागि निर्वाचनको कार्यतालिका अनुरुप निर्वाचनका कार्यहरु भइरहेको र उम्मेदवार तथा गैर आवासीय नेपाली सदस्य मतदाताहरुमा निर्वाचनलाई लिएर उत्साह देखिएको अवस्थामा निर्वाचनलाई प्रभावित पार्दै निर्वाचन रोक्नका लागि माग दावी सहीत टेनिसी राज्य स्थित डेभियसन काउन्सी स्थित अदालतमा साल लम्साल (सूर्य) ले उजुरी गरेको जानकारी गराएको छ ।

‘संघको आसन्न निर्वाचनलाई हुन नदिनका लागि गरिएको उजुरीको सम्बन्धमा संघले आवश्यक कानुनी प्रक्रिया अवलम्वन गरिसकेको पनि सबैमा सूचित गर्दछौं’, एनसिसी अमेरिकाले एक बिज्ञप्ति जारी गर्दै भनेको छ, ‘व्यक्तिगत स्वार्थ र कुण्ठाको भरमा सम्मानित संस्थालाई विवादमा पार्न उद्दत यस्ता कार्यको भत्र्सना पनि गर्दछौं ।’

त्यस्तै, एनसिसी अमेरिकाले यही मे २७, का दिन पहिलो चरणको वहसको लागि अदालतले समय निर्धारण गरिएको जनाइएको छ । एनआरएनएले संस्थाको छवीलाई आघात पुग्ने खालका यस्ता स्वार्थप्रेरित कार्य नगर्न र नगराउनका निम्ति सम्बन्धित सबैको ध्यानर्कषण भएको समेत जनाएको छ । निर्धारित कार्यक्रम अनुसार एनआरएनए अमेरिकाको निर्वाचन यही २९ र ३० तारिखमा हुँदैछ ।


प्रकाशित | १३ जेष्ठ २०७८, बिहीबार १३:४०