ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गर्दै मनोहरा स्पोट्स क्लब

काठमाडौं । मनोहरा स्पोट्स क्लबले ट्राफिक नियम सम्बन्धि जनचेतनामूलक प्रभातफेरी कार्यक्रम आयोजना गर्ने भएको छ । क्लवले मूलपानी प्रहरी बिट र ट्राफिक प्रहरी बिट मूलपानी संगको सहकार्यमा ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक प्रभातफेरी कार्यक्रमको आयोजना गर्न लागेको हो ।

क्लवका सचिव सौगात फुयालका अनुसार कार्यक्रम शनिबार बिहान ८ बजे पाटिटार चौरमा हुनेछ । कार्यक्रममा सहभागिताका लागि सबैमा आग्रह समेत गर्नु भएको छ ।


प्रकाशित | १४ असार २०८१, बिहीबार ०९:२०