सुन र चाँदीको भाउ घट्यो, कतिमा भइरहेको छ त कारोबार ?

काठमाडौँ ।आईतबार नेपाली बजारमा आज सुन र चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ छ सय रुपैयाँले घटेर तोलाको ९९ हजार दुई सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार तोलाको ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तीन सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार तीन सय ७५ रुपैयाँ तोकिएको छ ।


प्रकाशित | ६ चैत्र २०७८, आईतवार १२:१९