स्मार्ट सिटी निकाशको विषयमा कागेश्वरी मनोहराका जनप्रतिनिधिसँग उपत्यका विकास प्राधिकरणको अन्तरक्रिर्या, निकासका लागि जनप्रतिनिधिसँगै अगाडि बढ्ने प्रतिबद्धता

काडमाडौं : स्मार्ट सिटीको नाममा रोक्का जग्गाको निकास निकाल्न कागेश्वरी मनोहरा नगरपालिकामा काठमाडौं उपत्यका विकास प्राधिकरणले जप्रतिनिधिहरु तथा सरोकारावाला निकायहरुसँग अन्तरकृया कार्यक्रम आयोजना गरेको छ ।

तीन वर्षको लागि रोक्का जग्गा सात वर्षसम्म पनि निकास निस्कन नसकेपछि पूर्वी उपत्यकाका जनप्रतिनिधिहरुले चरणबद्ध रुपमा सरकारलाई दबाब दिर्दै आएका थिए । सोही सिलसिलामा प्राधिकरणले मंगलबार नगरपालिकाको सभाहलमा अन्तकृया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जनप्रतिनिधिको रुपमा आएपछि स्मार्ट सिटीको नाममा रोक्का जग्गालाई निकास दिन चरणबद्ध रुपमा सघर्ष गरिरहे पनि अहिलेसम्म फुकुवा नगरेको भन्दै उपत्यका मेयर्स फोरमले समेत रोक्का जग्गा फुकुवाको लागि निर्णय गरि केहि दिनभित्रै प्रधानमन्त्रीसँग भेटेर ध्यानर्कषण गराउने कार्यक्रम रहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले स्थानीय जनता आक्रोशित बनेको भन्दै तत्काल निकास ननिकाले नगरपालिकामा दबाब थेग्न सक्ने अवस्था नरहेको जानकारी गराउनुभयो ।

वडा नंं ६ का वडाध्यक्ष प्रकाश फुयाल, ७ का वडाध्यक्ष भिमसेन थापा, ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी र ९ का वडाध्यक्ष अनील थापाले जग्गा रोक्का हुँदा स्थानीयहरु अत्यन्तै मर्कामा परेको भन्दै तत्काल निकास दिन आग्रह गर्नु भएको थियो ।

प्राधिकरण प्रमुख विकास आयुक्त जानूका ढकाल  र नायव विकास आयुक्त नवराज ब्याकुरेले स्मार्ट सिटीको विषय साझा बनेको बताउँदै जनप्रतिनिधिहरुसँग मिलेर निकासका लागि मन्त्रालय र सरकारलाई दबाब दिने कार्य गरिरहेको र मन्त्रीमण्डलबाट निर्णय नभएसम्म यसको निकास ननिस्कने बताउनुभयो ।

कार्यक्रममा  काठमाडौं उपत्यका सडक विस्तार आयोजना कृष्ण ओझासहित प्राधिकरणका प्राविधिक तथा विभिन्न सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागिता थियो ।

स्मार्ट सिटी अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ वडाका विभिन्न क्षेत्रको जग्गा रोक्का  छ ।

स्मार्ट सिटीको नाममा रोक्का जग्गा तत्काल फुकुवा गर्न उपत्यका मेयर्स फोरमको माग, कडाईका साथ सरकारलाई दबाब दिने निर्णय

स्मार्ट सिटीको विषयलाई टुंग्याउन सहरी विकास मन्त्रीसहितको प्रतिनिधिमण्डद्धारा स्थलगत निरीक्षण, तत्काल रोक्का जग्गा फुकुवा गर्न जनप्रतिनिधिहरुको माग


प्रकाशित | १ जेष्ठ २०८१, मंगलवार २२:३६