एजेन्सी : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भोलि ९बुधबार० फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गर्ने भएको छ ।
फिफाले बुधबार पुरुष वर्ष खेलाडी, महिला वर्ष खेलाडी, वर्ष प्रशिक्षक पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्ने जनाएको छ ।फिफाले अवार्डका लागि सवै विधामा १०/१० खेलाडीको मनोनयनमा सार्वजनिक गर्नेछ ।
गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले अवार्ड जितेका थिए । मोड्रिचले क्रिस्टियानो रोनाल्डो र मोहमद सलाहलाई पछि पार्दै उपाधि जितेका थिए ।
यस पटक भने मोड्रिचलाई उपाधि दाबेदार मानिएको छैन ।
प्रकाशित | १४ श्रावण २०७६, मंगलवार २१:३३