दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इन्द्र श्रेष्ठ विजयी

काठमाडौं : दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले निकटम प्रतिद्वन्द्वी सुन्दर कार्कीलाई ३६ मतको अन्तरले पराजीत गर्दै विजयी हुनुभएको हो । श्रेष्ठले ४ सय ३ मत प्राप्त गर्नुभयो भने कार्कीले ३ सय ६७ मत प्राप्त गर्नुभयो । श्रेष्ठ यसअघि सङ्घको महासचिवमा निर्वाचित हुनुभएको थियो ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार १७:३१