एनआरएनए अमेरिकाको साउदर्न रिजनल भाईस प्रेसिडेन्टमा थलराज पन्तको उम्मेदवारी दर्ता

न्यूयोर्क: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको साउदर्न रिजनल भाईस प्रेसिडेन्टमा थलराज पन्तले उम्मेदवारी दर्ता गराउनुभएको छ । पन्तको प्रस्तावको रुपमा समाजसेवी तथा नेपाली)समाज टेक्सासका संस्थापक महासचिव सुन्दर कर्माचार्य र समर्थकमा यूनाइटेड नेप्लिज्ए शोसियसनुका वर्तमान अध्यक्ष तथा डालास एभरेष्ट लायन्स क्लबुका निवर्तमान अध्यक्ष भोला पन्तले गर्नुभएको थियो ।

पन्तले उम्मेदवारी दर्तासँगै एनआरएनए एक निस्वार्थ सामाजिक संस्था भएको बताउँदै सामाजिक क्षेत्रमा समेत तन, मन र विवेकले भ्याएसम्म योगदान पुरयाउने भन्दै सबैमा सहयोगको लागि आह्रवान गर्नुभएको छ । संस्थालाई स्वार्थ, सिद्धान्त, जातजाति, वर्ग, समूह, गुठ, उपगुठबाट भन्दा माथि उठ्ने प्रयास गर्ने प्रतिबद्धता जनाउँदै पन्तले भन्नुभएको छ, ‘हाम्रो एनआरएन, राम्रो एनआरएन र सर्वपक्षीय एनआरएन बनाउने व्यक्ति एवम् व्यक्तित्वको विजय भएमा सम्पूर्ण गैर आवासीय नेपाली र एनआरएनए संस्थाको हितको विजय हुनेछ ।’


प्रकाशित | ७ बैशाख २०७६, शनिबार १६:४१