थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

थ्री नेसन्स कपको उद्घाटन खेलमा आज बंगलादेश र किर्गिस्तानको यू-२३ टिम भिड्ने छन् । बंगलादेश र किर्गिस्तानबीचको खेल साँझ ५ :३० बजे सुरु हुनेछ ।

बंगलादेश र किर्गिस्तान दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुबै टिमका प्रशिक्षकले उपाधि जित्ने लक्ष्य रहेको बताईसकेका छन् । नेपालले भने पहिलो खेलमा बुधबार किर्गिस्तानसँग खेल्नेछ ।

दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।


प्रकाशित | १० चैत्र २०७७, मंगलवार ०८:१७