‘मायालू तिमी कता छौ २’ रिलिज

काठमाडौ : नायक पल शाह र नायिका स्वस्तिमा खड्काले अभिनय गरेको ‘मायालु तिमी कता छौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दिनेश थपलियाको शब्द रहेको यो गीतमा राजनराज सिवाकोटी र स्मिता दाहालको स्वर, राजनकै संगीत रहेको छ । सरोज वलीको निर्देशनमा तयार भएको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा अर्जुन जीसीको सम्पादन छ ।


प्रकाशित | २ श्रावण २०७७, शुक्रबार २०:२७