भक्तपुर व्यापार महोत्सव समापन, २ लाखले गरे अवलोकन, ८ करोडको कारोबार, सूर्यविनायकका मेयर थापाद्धारा विभिन्न क्षेत्रका ब्यक्तीत्वलाई सम्मान (तस्विरहरु)

भक्तपुर । भक्तपुरमा ११ दिन सम्म चलेको ‘औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव समापन गरिएको छ । प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले एक कार्यक्रमाबीच मेला समापन गर्नुभयो ।

सो अवसरमा बोल्नुहुँदै नगर प्रमुख थापाले एकै थलोमा स्थानीय उत्पादनलाई स्टलको रुपमा राखेर सहुलीयत दरमा विक्री वितरण हुँदा उपभोक्ताहरु लाभान्वित हुने गरेको बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि नेकपा एमाले जिल्ला कमिटि भक्तपुरका अध्यक्ष बचन देउजाले हरेक वर्ष नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजना हुने मेलाले भक्तपुरबासीलाई निकै लाभ पुग्ने गरेको बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्की, ३ का वडाध्यक्ष दीपेन्द्र केसी, ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, ९ का वडाध्यक्ष भगवान खत्रीलगायत जनप्रतिनिधिहरु पनि सहभागित हुनहुन्थ्यो ।

उक्त अवसरमा राष्ट्रिय तथा अन्राष्ट्रिय रुपमा उत्कृठ रहेका खेलाडीहरुलाई समेत सम्मान गरिएको छ । नगरप्रमुख थापाले पत्रकार हेमराज ढकाल, भलिबल खेलका प्रशिक्षक तथा पूर्व खेलाडी उत्सव खड्का, नेपाल पुलिस क्लब महिला भलिबल टिमका प्रशिक्षक रुपेश विष्ट र भारत्तोलन खेलाडी लक्ष्मी वनलाई सम्मान गर्नुभएको हो । खेलाडीहरुलाई जनही नगद रु ५ हजारसहित सम्मान गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभयो ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजनामा महोत्सव भएको हो । औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतलका अनुसार भोलि नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम समेत रहेको छ । मेलामा २ लाखले अवलोकन गरेका छन् भने ८ करोड माथि कारोबार भएको छ ।

      

     


प्रकाशित | २ बैशाख २०८१, आईतवार २२:१२