निवर्तमान उपसभामुख शिवमाया कानुन मन्त्रीमा नियुक्त

काठमाडौँ : निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी ओलीले उहाँलाई रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गर्नुभएको हो । तुम्बाहाङ्फेलाई सोमबार साढे तीन बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ ।  तुम्बाहाङ्फले उपसभामुख पदबाट राजीनामा दिएसँगै सांसदको भूमीकामा रहनुभएको थियो ।


प्रकाशित | ५ फाल्गुन २०७६, सोमबार ११:४१