यी हुन् सूर्यविनायक नगरपालिकाले एक वर्षमा हासिल गरेका महत्वपूर्ण उपलब्धीहरु

भक्तपुर: सूर्यविनायक नगरपालिकाले एक वर्षमा महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको छ । बासुदेव थापा नेतृत्वमा रहेको सूर्यविनायक नगरपालिकाले शिक्षा, स्वास्थ्य, भौतीक पूर्वाधार, युवा तथा खेलकुद, फोहोरमैला, खानेपानी, सुशासनलगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हासिल गरेको हो ।

नगर प्रमुख थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अहिलेसम्म भएका महत्वपूर्ण उपलब्धीहरु सार्वजनीक गर्नु भएको छ । नगरपालिकाले विशेष गरि शिक्षा क्षेत्रको निरन्तर सुधारको प्रयास स्वरुप सामुदायिक विद्यालयको प्रध्याानाध्यापक प्रतिस्पर्धात्मक परीक्षा संचालन गरी नियुक्ति गर्ने सम्बन्धी चालू आर्थिक वर्षको नीति कार्यान्वयनबाट देशव्यापी रुपमा यस नगरपालिकाले प्रशंसा पाएको छ । नेपालका ७५३ स्थानीय तह मध्ये सवैभन्दा पहिला सहकारी ऐन स्वीकृत गरी पुरस्कृत भएको छ ।

सेवा प्रवाह, वित्तीय नियन्त्रण र सुशासनको सूचकहरु पुरा गर्दै नगरपालिकाको स्वमुल्यांकन र वित्तीय मुल्यांकनमा उत्कृष्ठ नतिजा ल्याउनुका साथै आर्थिक वर्ष२०७८।७९ को अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार सवै भन्दा कम बेरुजु अंक आउने उपत्यकाको १८ वटा नपामा दोस्रो र भक्तपुर जिल्लामा कम बेरुजु भएका नपामा पहिलो हुन सफल भएको छ ।

१३ वटा नगरसभा तथा १४९ वटा कार्यपालिका बैठक सर्वसम्मत रुपमा सम्पन्न गर्न सफल भएको छ । नेपालको संविधानको अनुसुची ८ मा स्थानीय तहलाई प्रदान गरिएको एकल अधिकारहरुको कार्यान्वयनका लागि ३२ वटा ऐन, ८ वटा निमयावली, ४५ वटा कार्यविधि÷ निर्देशिका र २ वटा आचार संहिता सहित ८७ वटा कानून तर्जुमा गरिएको छ ।

पूूर्वाधारका क्षेत्रमा ११४ कि।मी पक्की सडक निर्माण, ३५ वटा कल्भर्ट तथा पुल, ५०५३ वटा सडक बत्ति, १४५ कि।मी।सडक स्तरोन्नती,२१ हजार घरधुरीलाई स्वच्छ खानेपानी वितरण, नगर कार्यपालिका, वडा र अन्य सामुदायिक गरी ६० वटा भवन निर्माण, १७७ कि।मी।सडक सिमांकन, ७५ वटा मठ मन्दिर एवं पाटी पौवा निर्माण सुधार, ४० कि।मी।ढल, करिब २० हजार व्यवसायिक एवं आवासीय भवनको स्वीकृति लगायतका कार्यहरु गरिएको छ ।

राजस्व सुधार योजना तथा राजस्वको दायरा वृद्धि सम्बन्धी विभिन्न अभियान संचालनबाट आधार वर्षको तुलनामा करिब पाँचसय प्रतिशत आन्तरिक राजस्व वृद्धि गर्न सफल भएको छ । नगरवासीको स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी स्वास्थ्य बिमामा एक हजार अनुदान दिने कार्यक्रम ल्याई हालसम्म १५ हजार परिवारको स्वास्थ्य बिमा सम्बन्धी कार्य सम्पन्न गरिएको छ ।

न्यायिक समितिको क्रियाशीलतामा ५१ वटा उजुरी निवेदकहरुको न्यायिक निरुपण, न्यायिक समितिको छुटै सप्mटवेयर तथा १० वटै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र विपन्न नागरिकहरुको हीत अभिवृद्धिका लागि नीतिगत, संरचनागत एवं कार्यक्रमगत सुधार गरिएको छ ।

त्यस्तै, नगरपालिकाको शून्य लगानीमा नीजि क्षेत्रसंग समन्वय गरी नगरपालिकाको फोहरमैला व्यवस्थापन गरिएको छ । व्यवसायिक कृषि तथा पशुपालनको माध्यमबाट नगरवासीहरुको आर्थिक उत्थानका लागि योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वन गरिएको छ ।

उद्यमशिलता र रोजगारी सिर्जना गर्न सरकारी, निजी र गैरसरकारी क्षेत्र संग समन्वय एवं सहकार्र्य गर्दै आएको छ भने नगरपालिकाको २५ वर्षे दीर्घकालीन योजना, ५ वर्षे आवधिक योजना, मध्यमकालीन खर्च संरचना, अन्य विषयगत तथा रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनको क्रममा रहेको छ ।

विपद व्यवस्थापन, पर्यटन विकास, आन्तरिक आय वृद्धि लगायतका क्षेत्रमा संघ, प्रदेश, र अन्तर स्थानीय तह समन्वय, सहकार्य र अन्तरसम्बन्धलाई अगाडि बढाइएको छ । सेवा प्रवाहमा प्रविधिको प्रयोग गर्दै विद्युतीय घर नक्सा पास प्रणाली कार्यान्वयमा आई एक वर्षको अवधिमा २ हजार १७१ जनाले सेवा प्राप्त गरेका छन । स्थानीय भू उपयोग परीषदको तर्फबाट नगरपालिकाको भू उपयोग योजना तर्जुमा पुरा गरी कार्यान्वयनमा ल्याईएको छ ।

नगरपालिकामा कुरिलो ३ लाख ३७ हजार के।जी।, च्याउ ५ लाख ४० हजार के।जी।, र गोलभेडा २६ लाख ५१ हजार के।जी। उत्पादन भई उक्त उत्पादनहरुमा नगरपालिका आत्मनिर्भर भई निकासी समेत गर्ने गरिएको छ ।

त्यस्तै, ५ करोडको सयपत्री फूल, ६ करोडको कुरिलो, ८ करोडको च्याउ र ७ करोड ८० लाख बरावरको गोलभेडा यस नगरपालिकामा उत्पादन भई विक्री वितरण भएको र नगरपालिका क्षेत्रमा रहेका १७४५ जना पशुपालक कृषकहरुलाई पशुपंक्षि सेवा कार्यालयबाट सेवा प्रवाह गरिएको छ ।

सुशासनका लागि प्रविधिको प्रयोग गरी विद्युतीय शासन प्रणाली स्थापना गर्न सूर्यविनायक नगरपालिकामा लेखा प्रणाली, जिन्सी, राजस्व असुली, नक्सा, योजना शाखा, नगर अस्पताल, कर्मचारी प्रशासन, न्यायीक समिति, स्वास्थ्यको अभिलेख, पंजीकरणको लागि व्यक्तिगत घटना दर्तामा सफटवेयर प्रणाली जडान गरिएको र नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, नगर अस्पताल एवं सामुदायिक विद्यालयहरुमा ई हाजिरी प्रणाली कार्यान्वयन गरिएको छ ।

सूर्यविनायक नगरपालिका, स्वीस दूतावास र नीजि क्षेत्रको संस्था वान टू वाचको सहकार्यमा यहाँ संचालित कम्तिमा २० वटा व्यसायहरुलाई सुदृढीकरण गरी व्यसायको स्तर वृद्धि कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ ।


प्रकाशित | ९ असार २०८०, शनिबार ०७:३४